साहित्यकार धु्रवनारायण जोन्छेंका दुई कृति जीवन एक यात्रा अनेक (कवितासंग्रह) र तृष्णामा अल्झिएको जीवन (निबन्धसंग्रह) को एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

अक्षरमार्ग प्रकाशन र सिर्जना अभियान समाजको संयुक्त आयोजनामा भक्तपुरमा भएको एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले सो कृतिको विमोचन गर्नुभयो ।

कृति विमोचनपछि प्रमुख अतिथि गुरुङले भक्तपुर संस्कृति र कलाको क्षेत्रमा बेजोड भएको बताउँदै यसको संरक्षण र पहिचानको लागि सर्वप्रथमतः यहाँका व्यक्तिहरु सचेत हुनुपर्ने बताउनुभयो । साथै उहाँले लेखनमा आफ्नो खुबी देखाउन स्रष्टाले निरन्तर प्रयास गरिरहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कथाकार धु्रव मधिकर्मीले साहित्यसित समाजका हरेक पक्षको सरोकार जोडिएको हुन्छ भन्दै स्रंष्टाले लेखनमा त्यसको महत्व र संयोजनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकौलले स्रष्टा जोन्छेले मनैभित्रदेखि उब्जेका अनुभूतिलाई कृतिमा उतारेका छन् भन्नुभयो ।

स्रष्टा धु्रव नारायण जोन्छेंले जीवनमा दुःख र अभाव भोग्दै संघर्ष गर्नुपरेको संस्मरण गर्दै अवकाश प्राप्त भएपछि मात्र आफूले रचनाहरु प्रकाशन गर्न सकेको बताउनुभयो ।

कार्यक्रममा कवि तुयुकाजी ताम्राकारले कृतिको समीक्षा गर्नुभएको थियो भने विजय कर्माचार्य, बटुकृष्ण पौडेल, विपिन बनेपाली र गीता तिमिल्सीनाले पनि बोल्नुभएको थियो ।

स्रष्टा जोन्छेंको कवितासङ्ग्रह जीवन एक यात्रा अनेकलाई अक्षरमार्ग पनौतीले र तृष्णामा अल्झिएको जीवन निबन्धससङ्ग्रहलाई मीरा जोन्छेंले प्रकाशित गरेका छन् ।