युवा गजलकार सपना न्यौपानेद्वारा लिखित ‘जीवनको रहस्य’ गजल संग्रह सार्वजनिक गरिएको छ । युवा स्रष्टा न्यौपानेद्वारा लिखित गजल संग्रह एक कार्यक्रमका बीच बुधबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा वक्ताहरूले न्यौपानेको गजलकारिताबारे चर्चा गर्नुभएको थियो । गजलकार न्यौपानेको ‘जीवनको रहस्य’ पहिलो गजल संग्रह हो ।

कार्यक्रममा गजलका बियोगी बुढाथोकी, रामप्रसाद दाहाल, ज्ञाननिष्ठ ज्ञवाली, रोशन थापा, सन्ध्या पहाडी, रञ्जना निरौला, राजेन्द्र केसी र गीता मैनालीले संयुक्त रुपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यालय पुतलीसडकमा सार्वजनिक गर्नुभएको थियो ।

वियोगी बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार सन्ध्या पहाडीको अध्यक्षता र ज्ञाननिस्ठ ज्ञवालीले पुस्तकको समीक्षा गर्नुभएको थियो ।

विमोचित कृतिका बारेमा टिप्पणी गर्दै कार्यक्रमका विशिष्ट अतिथि रामप्रसाद दाहालले जीवनको रहस्यले वास्तवमै यथार्थ जीवनको चित्रण गरेको र वर्तमान सामाजिक विकृतिमा तिखो प्रहार गरेको बताए।

त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष सन्ध्या पहाडीले यो गजल संग्रह प्रवासमा रहने नेपालीको मात्र आवाज नबोलेर सम्पूर्ण नेपालीको वास्तविकताको आवाज भएको बताइन् ।

ग्लोबल प्रिन्ट कनेक्सनले बजारमा ल्याएको जीवनको रहस्य पुस्तकको मूल्य २०० रहेको छ। गजल संग्रहमा ९० वटा गजल समेटिएको छ।