अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अनलाइन साहित्यक कार्यक्रम ‘शब्दसारथि’मा आइतवार  ‘क्वारेन्टाइन’ उपन्यासको चर्चा गरिएको छ । अनेसासका पूर्व अध्यक्षसमेत रहेका  पदम विश्वकर्माद्वारा लिखित् उक्त उपन्यासका बारेमा नेपाल र अमेरिकामा रहेका विभिन्न साहित्यकार र समालोचकहरूले आ-आफ्नो मन्तव्य राखेका छन् ।

कोरोना कहरका विषयमा अमेरिकी जनजीवनमा परेको प्रभावमा आधारित उक्त उपन्यासका बारेमा राजकुमार बानिया, महेश पौड्याल, डा.ऋृषि बास्ताकोटी, राजेन्द्रप्रसाद अर्याल,विश्वराज अधिकारी, भवानी खतिवडा, खेमराज पोखरेल, डा. रेणुका सोलुले समालोचकीय विचार राखे ।

उपन्यासकार विश्वकर्माद्वारा लेखकीय मन्तव्य राखिएको कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी सभापति गीता खत्री, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बोर्ड अफ ट्रस्टी सल्लाहकार रोहिणी शर्मा , अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, बोर्ड अफ ट्रस्टी सदस्य तीर्थराज अधिकारी,  अनेसास केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्णकुमार गिरीलगायतले शुभकामना व्यक्त गरे ।

‘शब्दसारथि’को १२औँ शृङ्खला स्वरूप प्रस्तुत  भएको उक्त कार्यक्रम अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा सम्पन्न भएको हो ।