
आख्यान पुरुष ध्रुवचन्द्र गौतमका दुई उपन्यास “अप्रिय” र “भीमसेन–४ को खोजी”को नयाँ संस्करण बजारमा आएको छ । उपन्यास अप्रियको तेस्रो संस्करण र सूत्र उपन्यास भीमसेन–४ को खोजीको नयाँ संस्करण रत्न पुस्तक भण्डारले प्रकाशमा ल्याएको हो ।
ध्रुवचन्द्र गौतम आख्यानमा नयाँ–नयाँ प्रयोग गर्ने आख्यानकारका रुपमा चिनिन्छन् । “भीमसेन–४ को खोजी” पनि आख्यानको एक नौलो प्रयोग हो । यो उपन्यास ३४० सूत्रमा बद्ध गरी लेखिएको छ ।
त्यस्तै, विविध नवीन शक्तिले बुनिएको उपन्यास हो अप्रिय । डा. गोविन्दराज भट्टराईका शब्दमा यो एक केन्द्रीय पात्रता भएको केशवको जीवनवृत्त हो, घुर्मीको प्रतिध्वनि, लेखकको उमेर, पारिकारिक वृत्त र समाजको अनुगुञ्जन, लेखकको शब्दमा उसको दैनिकीको एनाटोमी । यहाँको प्रयोग उल्लेख्य छ । सिर्जनात्मक उचाई छुने अनेक तत्त्वमा छ प्रयोग ।
“अप्रिय” र “भीमसेन–४ को खोजी”को मूल्य क्रमशः नेपाली रुपियाँ १७५ र १२५ रहेको छ । उपन्यास रत्न पुस्तक भण्डारमा साथै देशमा प्रमुख पुस्तक पसल तथा अनलाइन पुस्तक पसलहरुमा पनि उपलब्ध छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

पारिजातले शिरीषको फूल ‘च्यातेर फालिदिए हुन्छ’ भनेकी थिइन्, किन ?
