भारतका डुवर्स निवासी चर्चित कथाकार श्रीनारायण प्रधानको निधान भएको छ । लामो समयदेखि पेटसँग सम्बन्धित समस्यासँग जुधिरहेका प्रधानको आज बिहान ४ बजे निधन भएको हो ।
२७ जनवरी, १९५६ मा डुवर्सस्थित सामसिङमा माता सतीरुपा र पिता हस्तबहादुरका कोखबाट जन्मिएका प्रधान लामो समयदेखि नेपाली कथा लेखनमा सक्रिय थिए । उनका विरोध बोल्ने नसकेका बिहानहरु, गल्लीदेखि राजमार्गसम्म र निमित्तहरु गरी तीन कथासङ्ग्रह प्रकाशित छन् ।
त्यस्तै, प्रधानले स्रष्टा पुरस्कार (२०११) लगायत विभिन्न संघ–संस्थाबाट पुरस्कृत तथा सम्मान प्राप्त गरेका छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला