काठमाडौं / सोमबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कवि धर्मराज कोइरालाको कवितासंग्रह ‘जीवनयात्राका तरंग’ लोकार्पण भयो ।

आनेसास नेपाल च्याप्टरक़ी अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा भएको लोकार्पण समारोहमा प्रमुख अतिथि बोर्ड ओफ़ ट्रस्टीकी अध्यक्ष गीता खत्री, विशिष्ट अतिथि डा. रामप्रसाद दाहाल, प्रमुख वक्ता प्रा. डा. हेमप्रसाद नेपाल र प्रा.ज्ञाननिष्ठ ज्ञावलीको उपस्थिति रहेको उक्त कार्यक्रम मा कवि लगायत उपस्थित सबैले पुस्तक हातमा लिएर पुस्तकहरूको विमोचन गरिएको थियो ।

उक्त कर्यकममा कवि धर्मराज कोइरालाको व्यक्तित्व र कृतित्वको बारेमा विशिष्ट अतिथिहरु प्रा.डा.हेमप्रसाद नेपाल रप्रा.ज्ञाननिष्ठ ज्ञावलीले प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा मनोज घिमिरे, शारदा कोइरालालगायत अनेसास नेपाल च्याप्टरका पदाधिकारीहरु मधु पाठक, रन्जना निरौला, राजेन्द्र केसी, अर्जुन थापा, सुमन वर्षालगायत अन्य विशिष्ट साहित्यकारहरुको उपस्थित थियो ।

अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले शुभकामना मन्तव्य पढेर सुनाइएको कार्यक्रमको सञ्चालन रन्जना निरौलाले गर्नुभएको थियो ।