साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

पाण्डेको जन्मजयन्ती मनाइयो

माघ १ गते वरिष्ठ साहित्यकार पोषण पाण्डेको ८९ जन्मजयन्ती र उहाँको नाममा स्थापना भएको पोषण पाण्डे तीर्थ सदनले दोस्रो वर्षमा प्रवेश गरेको दिन उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै पुस ३० गते एक कार्यक्रम आयोजना गरियो ।

कोरोनाको तेस्रो लहरले उच्चता लिइरहेको समयको वावजुद ललितपुर जिल्लामा रहेको पुरानो सरकारी विद्यालय श्री चोयना विणा गुरु गणेश आधारभूत विद्यालयमा सीमित विद्यार्थीमाझ कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रममा केही छात्रछात्रा भाइबहिनीले पोषण पाण्डेले रचना गर्नु भएको यसै वर्ष प्रकाशित ‘मेरी नैनी’ कविता संग्रहबाट केही कविता वाचन गरेर सुनाएका थिए ।

सम्बन्धित पोस्टहरु

कार्यक्रमकै सिलसिलामा सो विद्यालयमा पुस्तकालय सञ्चालन गर्न ५० थान पुस्तक सदनका तर्फबाट सदन सदस्य प्रतिनिधि विमलराज पाण्डेले विद्यालयका प्रधानाध्यापक भीमप्रसाद गेलाललाई हस्तान्तरण गर्नुभयो ।

पुस्तकालय स्थापना गर्न प्रोत्साहनस्वरुप सदनबाट भएको यस योगदानले आठ कक्षासम्म पढाई हुने उक्त विद्यालयका सय जना बालबालिकाहरू लाभान्वित हुने कुरा प्रधानाध्यापकले जनाउँदै सदनप्रति विद्यालय परिवार कृतज्ञ रहेको जानकारी गराउनु भयो ।

niti book inside post

प्रतिक्रिया
Loading...