माछापुच्छ्रे बैंक लि. का ग्राहकले एमआई सिआओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरू शून्य प्रतिशत इएमआईमा पाउने भएका छन् ।

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक र वत्सल इम्पेक्स प्रालिबीच बैंकको इन्स्टापे सुविधामार्फत मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरू खरिद गर्दा विशेष सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त सम्झौतापत्रमा विशाल इम्पेक्सको तर्फबाट निर्देशक नितेशकुमार मुन्द्र तथा माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौतापछि बैंकका ग्राहकहरूले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशत इएमआईमा इन्स्टापेमार्फत पन्ध्र हजारदेखि एमआई सियाओमी र पोको ब्रान्डका मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरू गरिद गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट पाउन सक्नेछन् । हाललाई यो सुविधा विशाल इम्पेक्स प्रालिको काठमाडौँस्थित सो रूममार्फत प्रदान गरिनेछ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरू र १५७ शाखारहित बैकिङ सेवा, ६ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३२६ स्थानबाट १० लाख भन्दा बढी ग्राहक महानुभावहरूमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटिएमहरू सञ्चालनमा रहेको छन् ।