नियात्राकार जय छाङ्छालाई २०७३ सालको साझा पुरस्कार समर्पण गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गरी साझा प्रकाशनले छाङ्छालाई सो पुरस्कार अर्पण गरेको हो ।

लामाे समयदेखि राेकिरहेकाे पुरस्कार बल्ल दिइएको हो । साझा प्रकाशन गृह धरासायी भएपछि याे पुरस्कार राेकिएकाे थियाे ।

वि.सं. २०७३ सालमा प्रकाशित कृतिहरुमध्ये सर्वोत्कृष्ट कृतिमा परेको छाङ्छाको नियात्रा सङ्ग्रह ‘दोहाको सीधा उडान’ लाई सो पुस्कार दिइएको छ । साझा प्रकाशन परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सो पुस्कार हस्तान्तरण गरेकी थिइन् ।

भाषासाहित्यको उत्थान र विकासमा क्रियाशील साझा प्रकाशनले उत्कृष्ट कृतिलाई र कृतिकारलाई हरेक वर्ष पुरस्कार दिने र सम्मान गर्ने गरेको छ ।