साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रभाको ‘फिलिङ्गो’माथि पोखरामा अन्तरक्रिया

Chovar Blues Mobile Size

साहित्यकार प्रभा बरालको उपन्यास फिलिङ्गोको परिचर्चा कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सरुभक्त श्रेष्ठले नेपाली आख्यान लेखनमा पछिल्लो समय पोखरेली नारी स्रष्टाको उपस्थिति प्रभावकारी रुपमा अगाडि बढेको बताउनुभयो । श्रेष्ठले पोखरेली चेलीको उपन्यासकारिता गौरवपूर्ण रहेकाले धेरै पटक मदन पुरस्कारका लागि सर्ट लिस्टेट भएकाले अब पुरस्कार जित्ने समय धेरै टाढा नरहेको धारणा राख्नु भयो ।

कृतिको अग्रज पत्रकार बद्री विनोद प्रतीकले नेपाल र जापानबीचको परिवेशमा लेखिएको उपन्यासको कथा बुनोट सुन्दर, सरल र सहज भएको औँल्याउनुभयो ।

साहित्यकार सञ्जीव पौडेलले कतिपय सन्दर्भले पाठकको गला अवरुद्ध हुँदासमेत समवेदना पोख्न नपाउने अवस्थाको सिर्जना गर्नुलाई उपन्यासकारको सबल पक्षका रुपमा चित्रण गर्नुभयो ।

स्रष्टा बरालले आफ्ना श्रीमान् विद्यावारिधिको छात्रवृत्तिका क्रममा दुई पटक जापान जाँदाका अनुभूतिलाई कृतिमा समेटेको बताउनुभयो । भाषिक हिसाबले कृतिलाई जीवन्त राख्ने सन्दर्भमा जापानी भाषाका केही शब्द प्राथमिकतामा परेको बताउनुभयो ।

sagarmani mobile size

कार्यक्रममा अनेसास गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबा, कोषाध्यक्ष गीता तिवारी गौतम, साहित्यकार हसिना बस्नेत, कवि लिली अधिकारीले राखेका जिज्ञासामा स्रष्टा बरालले प्रष्टयाउनु भएको थियो ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव शिव त्रिपाठीको स्वागत र रिता अधिकारी रितुको सञ्चालन रहेको थियो ।

स्मरण रहोस्, बरालको फिलिङ्गो मदन पुरस्कारका लागि उत्कृष्ट सूचीमा परेको कृति हो । यस अगाडि पोखरेली चेली सरस्वती प्रतिक्षाको नथिया उपन्यास पनि मदन पुरस्कारको छनोट उत्कृष्ट सूचीमा परेको थियो ।

प्रतिक्रिया
Loading...