गएको पुस २० गते स्रष्टा साँझ अमेरिका र उपन्यास समाज नेपालले संयुक्त रूपमा कल्पना खरेलद्वारा लिखित उपन्यास लभ इन जेरूसेलममाथि छलफल कार्यक्रम आयोजन गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका बाल साहित्य प्रमुख प्राज्ञ डा. देवी नेपालले उपन्यासका विविध पाटाका बारेमा बोल्नु भएको थियो ।

यस्तै प्रा. सुनिल अधिकारीले पाठकीय धारणा व्यक्त गर्नु भएको थियो ।

लेखिका कल्पना खरेलले उपन्यास लेख्दाताकाका रोचक संस्मरणका साथै उपन्यासका बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा प्रा किरण आचार्य, मिरा गोतामे, बैकुन्ठ आचार्य, पवन बुढाथेाकी आदिको सहभागिता थियो । उहाँहरूले पनि आआफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन स्रष्टा साँझ अमेरिकाका सचिव बैकुन्ठ आचार्यले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षित र उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारतीले गर्नु भएको थियो ।