अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित  साहित्यकार तथा संगीतकार ड़ा.किरण प्रधानका चार पुस्तकहरू सम्भ्रान्त उपन्यास, सेतो पन्ना भावसंग्रह, सङ्गीत र चाणक्य नीतिको अनुवाद पुस १५ गते  विहीबार लोकार्पण गरियो ।
अनेसास नेपाल च्याप्टरक़ी अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा भएको लोकार्पण समारोहमा प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायत अन्यले एकसाथ विमोचन गर्नुभएको थियो ।
उक्त कर्यकममा किरण प्रधानको व्यक्तित्व र कृतित्वको बारेमा विशिष्ट अतिथिहरू अशेष मल्ल, डा. सावित्री मल्ल कक्षपति, ज्ञानु अधिकारी, ड़ा. रेणुका सोलु,  प्रा.डा.  कृष्णहरि बराल, रामप्रसाद दाहाल, मनबहादुर मुखियाले प्रष्ट पार्नूभएको थियो ।
कार्यक्रममा कवि विधान आचार्य, तुलसीहरि काेइराला, प्रधुम्न जोशी, रामप्रसाद पन्त, प्रमोद प्रधान, ललिता दोषी, विशाल पाहारी, ठाकुर शर्मा, कल्पना खरेल लगायत् अनेसास नेपाल च्याप्टरका पदाधिकारीहरू मधु पाठक,  डि. आर राई , रन्जना निरौला,  राजेन्द्र केसी, अर्जुन थापा, गीता कार्की लगायत अन्य विशिष्ट साहित्यकारहरूको  उपस्थिति थियो । कार्यक्रम सञ्चालन सञ्चारकर्मी दिनेश डिसीले गर्नु भएको थियो ।