शिक्षा एवं संस्कृतिविद् प्राध्यापक डाक्टर श्रीरामप्रसाद उपाध्याय न्यौपानेको नवीनतम कृति “नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध” प्रकाशनमा आएको छ । पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।

पुस्तकमा प्राचीन तथा मध्यकालीन कूटनीति, शाहकालीन कूटनीति, राणाकालीन कूटनीति, नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध, नेपाल–बेलायत सम्बन्ध, नेपाल–अमेरिका सम्बन्ध, नेपाल–जर्मनी सम्बन्ध, नेपाल–फ्रान्स सम्बन्ध, नेपाल–रुस सम्बन्ध, नेपाल–लक्षिण कोरिया सम्बन्ध, नेपालको विदेश नीति, नेपालको अन्तर्राष्ट्रिय संस्थानहरुसँग सम्बन्ध, नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशहरु गरी १४ शीर्षकमा कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास र वर्तमानलाई प्रकाश पारिएको छ ।

प्राडा. न्यौपानेले १५ औँ शीर्षकमा सन्दर्भग्रन्थलाई समट्नुभएको छ । पुस्तक नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा जान्न चाहनेहरुका लागि महत्त्वपूर्ण बन्नेको छ ।

यसअघि प्राडा. न्यौपानेका नेपालीको इतिहास, युरोपको आधुनिक इतिहास, विश्वको इतिहास, चीन र जापानको इतिहास, आधुनिक भारतको इतिहास, नेपालको सामाजिक, आर्थिक तथा प्रशासनिक इतिहास, नेपालको प्राचीन र मध्यकालीन इतिहासलगायत पुस्तकहरु प्रकाशित छन् ।