
केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह अर्को भोर सार्वजनिक भएको छ । अमेरिकामा इन्जिनियरिङको काम समेत गरिरहेको ज्ञवालीको उक्त कथासंग्रहलाई साहित्यकार तथा पूर्व सांसद नारायण ढकालले लोकार्पण गरेका हुन्।
शिखा बुक्सले बजारमा ल्याएको कथासङग्रहलाई काठमान्डौँस्थित बागबजारको हार्दिक होटलमा एक समारोह आयोजना गरी लोकार्पण गरिएको थियो । लोकार्पण समारोहको सभापतित्व शिखा बु्क्सका प्रमुख पुष्पराज पौडेल थिए भने आख्यनकार समेत रहेका नारायण ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
टिप्पणीकारका रुपमा उपस्थित अधिकारीले ज्ञवालीको भाषामा मिठोपन भएकोले कथासंग्रह पढ्न पाठकवर्गलाई आग्रह गरे। कथाकारले पारम्पारिक मुल्यमान्यतालाई तोडेको समेत अधिकारीको भनाइ थियो ।
त्यसैगरी अर्का टिप्पणीकार महेश पौड्यालले अन्य क्षेत्रमा लागेका मानिसले पनि साहित्य सिर्जना गर्दै आएकोमा ज्ञवालीको कथा संग्रह सफल बन्ने विश्वास व्यक्त गरे। कथाकारले अध्यात्मक खुसीलाई पनि प्रष्फुटन गर्न सफल भएको बताए।
समालोचक ज्ञानु अधिकारीले नारी संवेदनालाई छानेर राखिएको कथामा यौन मनोविज्ञानको संकेत पनि रहेको सुनाइन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

