लामो समयदेखि युएईमा रहेर साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको सगरमाथा साहित्य प्रतिष्ठानको मिडिया पार्टनरको रुपमा साहित्यपोस्ट रहने भएको छ । पछिल्लो समय निक्कै लोकप्रिय बन्दै गइरहेको नेपालको एकमात्र साहित्यिक अनलाइन दैनिक पत्रिका साहित्यपोस्ट र प्रतिष्ठानका बिच मिडिया पार्टनर रहने विषयमा सम्झौता भएको हो ।
आफ्नो स्थापना कालदेखि नै साहित्यपोस्टले प्रतिष्ठानका साहित्यिक गतिविधिलाई प्राथमिकतासाथ प्रकाशन गर्दैआएको कुरालाई मध्यनजर गर्दै प्रतिष्ठानले साहित्यपोस्टलाई आफ्नो मिडिया पार्टनर बनाउने निर्णय गरेको हो ।
दुबैको उदेश्य नेपाली भाषा र साहित्यको संरक्षण र प्रवर्द्धन गर्नुभएकोले यस किसिमको सहकार्यले दुबैको उदेश्य प्राप्तिमा सहज हुने साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले बताउनुभएको छ ।
त्यस्तै, साहित्यपोस्टसँगको सहकार्यले सिङ्गो प्रतिष्ठानलाई थप उत्साहित बनाएको र यसले एक अर्कामा परिपुरकको सम्बन्ध स्थापित गर्नुका साथै एक अर्काप्रतिको भरोसा जगाउने प्रतिष्ठानका अध्यक्ष जीवित खड्का मगरले बताउनुभएको छ ।यसले आगामी दिनमा दुई पक्षीय सम्बन्ध अझै सुमधुर बनाउँदै लैजाने भएकोले आगामी दिनमा अन्य किसिमका सहकार्यहरु पनि गर्दै जाने उदेश्य रहेको अध्यक्ष मगरले बताउनुभयो ।
वि.सं. २०६९ सालमा युएईमा स्थापना भएको प्रतिष्ठानले साहित्यिक प्रतियोगिताका साथै विभिन्न साहियिक गतिविधि गर्दै आएको छ । यसका साथै प्रतिष्ठानको फेसबुक पेज र युटुब च्यानलमार्फत साप्ताहिक रुपमा तीन ओटा साहित्यिक फेसबुक लाइभ कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ ।
त्यसमध्ये पछिल्लो समय साहित्य वृतमा लोकप्रिय बन्दै गइरहेको हरेक बिहिबार प्रसारण हुँदै आएको कार्यक्रम “स्रष्टा र सिर्जना” मा गरिएको साहित्यिक बहसलाई आलेखको रुपमा साहित्यपोस्टले प्रकाशित पनि गर्दै आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।