नियात्रा समाज नेपालले २०७८ सालको ‘डा. तारानाथ शर्मा नियात्रा सम्मान’ वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई प्रदान गरेको छ । वरिष्ठ नियात्राकार देविचन्द्र श्रेष्ठले उक्त सम्मान प्रदान गर्नुभएको हो ।

वि.स. २०३७ सालदेखि हालसम्म अविच्छिन्न रुपले नियात्रा क्षेत्रमा साधना गरिरहनुभएका राजकर्णिकारका ‘विदेशको यात्रा स्वदेशको सम्झना’, ‘बौद्ध तीर्थयात्रा नालन्दादेखि लुम्बिनीसम्म’, ‘यात्रा अमेरिकाको माया नेपालको’, ‘देश प्रदेशको भ्रमण’, ‘पवित्र सम्झना आमाको’, ‘घामै प्यारो आमै प्यारो’ बालनियात्रा सङ्ग्रह लगायत आधा दर्जनभन्दा बढी नियात्रा कृति प्रकाशित छन् ।

प्रत्येक वर्ष नियात्रा जगत्मा साधनारत स्रष्टालाई उक्त सम्मान प्रदान गरिन्छ । विगतमा ‘नियात्रा सम्मान’ रहेको उक्त नाम यसै साल परिवर्तन गरी ‘डा.तारानाथ शर्मा नियात्रा सम्मान’ राखिएको छ । नियात्रा साहित्यका शिखर पुरुषको नाममा पुरस्कार राख्न पाउँदा नियात्रा समाज नेपालले गौरवान्वित महसुस गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि देविचन्द्र श्रेष्ठले नियात्रा समाज नेपालले नियात्रा लेखनमा सैद्धान्तिक चर्चा हुने गरी कार्यशाला गोष्ठी आयोजना गरोस् र नियात्रा लेखनमा आउन चाहनेलाई पृष्ठपोषण प्रदान गरोस् भनी सुझाव दिनुभएको थियो । संस्थापक अध्यक्ष चन्द्रप्रसाद भटराईले संस्थालाई साताँै साधारणसभासम्म ल्याइपु¥याउन पाउँदा गौरवबोध भएको र नियात्रा साहित्यको विकासमा थोरै भए पनि टेवा पु¥याउन पाउँदा खुसी लागेको कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षणबारे कोषाध्यक्ष गीता रेग्मी र अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष प्रतीक ढकालले प्रस्तुत गर्नुभएको थियो । सम्पूर्ण आजीवन सदस्यज्यूहरुलाई आजीवन सदस्यको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा स्वागत भाषण संस्थाकी कोषाध्यक्ष गीता रेग्मीले गर्नुभएको थियो भने सम्मानित व्यक्तित्वका बारेमा संस्थाका उपाध्यक्ष मोहन चापागाईले बोल्नुभएको थियो । वरिष्ठ नियात्राकार युवराज नयाँघरे, जय छाङ्छा, जीवा लामिछाने, निर्मोही व्यास, श्रीओम श्रेष्ठ ‘रोदन’, सुशीला देउजा, विजयध्वज थापा, पोष चापागार्ई, चन्द्रकान्त आचार्य, तेजप्रकाश श्रेष्ठ लगायत अन्य विशिष्ट स्रष्टाहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव प्रभा बरालले गर्नुभएको थियो ।