
श्रीओम श्रेष्ठ ‘राेदन’काे निबन्धसङ्ग्रह अभिवन्द्यमाथि चर्चा गरिएकाे छ । शंकर लामिछाने प्रतिष्ठानकाे आयाेजनामा राष्ट्रिय महिला आयाेगकाे सभाहलमा श्रेष्ठकाे अभिवन्द्यमाथि चर्चा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ निवन्धकार तेजेश्वरबाबु ग्वंगले श्रेष्ठका निबन्ध प्रकाशनपूर्व नै अद्योपान्त पढ्न पाएको बताए ।
कार्यक्रममा समालाेचक ज्ञानु अधिकारी तथा कवि माेमिला जाेशीले कृतिकाे समीक्षा गरेका थिए । समालाेचक अधिकारीले अभिवन्द्य कृति विशिष्ठ व्यक्तिहरूप्रतिकाे अभिनन्दन भएकाे र कृतिमा जीवनबाेध गराउने निबन्धहरू सङ्ग्रहित रहेकाे बताइन् ।
त्यस्तै माेमिला जाेशीले साधकहरूलाई गर्नुपर्ने सम्मान अविवन्द्य कृतिले गरेकाे बताइन् । लेख्नेबेला हरेक लेखक बुद्व बन्ने भन्दै अभिवन्द्य कृति पढेर आनान्दकाे महसुस गर्न सकिने उनको विचार थियो ।
उनले कृतिभित्रका शीर्षक पढेरै ४१ सर्जकबारे सरल तरिकाले अड्कल काट्न सकिने कलात्मक कलाले राेदनका निबन्ध भरिएकाे बताइन् ।
कार्यक्रममा सङ्ग्रहित निबन्धमा अटाएका व्यक्तित्वहरूमध्ये डा.हरिप्रसाद पाेखरेल, डा. चिन्तामणि याेगी, कवि मञ्जुल, अशेष मल्ल, कवि तुलसी दिवस, समालोचक लक्ष्मणप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो । उनीहरूले अभिवन्द्य निबन्धसङ्ग्रहबारे छोटो मन्तव्यसहित शुभकामना व्यक्त गरेका थिए ।
निबन्धकार श्रेष्ठले पुस्तकमा समाहित ४१ सर्जकमध्ये केही सर्जकका बारे रचिएका निबन्धहरूकाे केही अंश वाचन गरेर सुनाएका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० कार्तिक २०८२, आईतवार 










