आख्यान लेखनमा सक्रिय लेखक राजु अधिकारीको दोश्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित भएको छ । विज्ञान कथा,  स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास मनोविज्ञान र रहस्यमा आधारित पुस्तक हो ।
विगत दुई वर्षभन्दा बढी समयदेखि नेपालमा इ-बुकहरूको प्रकाशन, बिक्री वितरण र प्रवर्धन गरिरहेको थुप्रै प्रकाशनले यो उपन्यास इ-बुकको रुपमा बजारमा ल्याएको हो।
सफल र आरामदायी जीवन बिताइरहेको एक युवा आफ्ना इच्छा, उद्देश्य र महत्वाकांक्षाहरू जीवनको वास्तविकतासँग बाझिन जाँदा कसरी  आफ्नै सोचको द्वन्द्वमा फस्न पुग्छ, र त्यसबाट उम्कन के गर्छ भन्ने कुरा उपन्यासमा रहस्यात्मक रुपमा प्रस्तुत गरिएको छ।
उपन्यास चीनको आर्थिक केन्द्र साङ्घाईको सेरोफेरोमा घुम्छ । उपन्यासमा साङ्घाईमा बस्ने विदेशीहरूको जीवन र चीनमा विगत दुई दशकमा भएका सामाजिक र आर्थिक परिवर्तनको रोचकरूपमा प्रस्तुत गरिएको छ।
उपन्यास थुप्रै डटकमको वेबसाइट र मोबाइल एपमा इ-बुकको रुपमा संसारभरि उपलब्ध रहेको प्रकाशकले जनाएको छ।