सिर्जना र अनुभूतिअन्तर्गत स्रष्ट्रा दम्पती सीता-राजेन्द्र अर्यालकृत ‘अनुपमा’ गीतसङ्ग्रह र ‘ आजको मान्छे’ कवितासङ्ग्रहमाथि भावकीय संवाद सम्पन्न भएको छ । कार्यक्रम मूर्धन्य सङ्गीतकार दीपक जंगमको अध्यक्षतामा रीडर्स् हब, कौशलटारमा भएको हो ।
वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राडा. कुमार कोइराला, तुलसीहरि कोइराला, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, भाषाविद् शरच्चन्द्र वस्ती, डा. राजुबाबु श्रेष्ठ, राधेश्याम ढकाल, डा. प्रदीप मैनाली,कथाकार मन्दिरा मधुश्री तथा गीता रेग्मीले स्रष्ट्रा दम्पतीका कृतिमाथि आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वरिष्ठ लेखक अरुण शर्मा, केशवबाबु अर्याल, रूपा हुमागाईँ, रिश्मा थापा, मोहित जोशी, सानू पौडेल, शिवराज अर्याल, सूर्य बिसी, निश्चल नेपाल, नीलाम्बर शर्मा, प्रजापति तिम्सिना, दलवीर सिंह घायल, रामबाबु रेग्मी, सरिता रेग्मी, दीक्षा वस्तीलगायत साहित्यानुसागी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
रेडियो प्रस्तोता रिश्मा थापाले फूलमाला लगाएर सुरू भएको कार्यक्रममा रीडर्स् हबका सञ्चालक जोडी वन्दना-अनूपले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा स्रष्टा दम्पतीले आआफ्ना रचना वाचन गरेर सुनाउनुका साथै आफूहरु अमेरिकामा प्रवासी जीवन बिताउँदै गर्दा नेपाली साहित्यको सेवामा समर्पित रहेको भावना व्यक्त गर्दै समस्त सहभागीहरूमा हार्दिक आभार जनाउनुभएको थियो ।
कार्यक्रमको छायांकन दलवीर सिंह घायलले गर्नुभएको थियो भने संयोजन सिर्जना र अनुभूतिका संयोजक सनतकुमार वस्तीले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।