कवि तथा नियात्राकार डा. पुष्पराज राजकर्णिकारको आत्मकथा ‘जीवन खसुइ’ ललितपुरमा एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
कुतः पिकाकको आयोजनामा भएको सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रमान श्रेष्ठले पुस्तकको विमोचन गर्नुभयो । कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिमा लाग्नुअगाडि आफूले पनि साहित्य तथा संगीतको क्षेत्रमा लागेको बताउँदै आत्मकथामा लेखकका बारेमा मात्र होइन तत्कालीन समयका बारेमा पनि जानकारी उपलब्ध हुन्छ भन्नुभयो ।
कृतिका लेखक राजकर्णिकारले आफूले पुस्तकमा आफ्नो जीवनबारे मात्र होइन आफ्नो समय र परिस्थितिको बारेमा पनि उल्लेख गर्न खोजेको बताउनुभयो ।
कार्यक्रममा पुस्तकबारे उपन्यासकार मल्ल के सुन्दर र समालोचक पूर्ण ताम्राकारले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
अन्वेषक छत्रबहादुर कायस्थको सभापतित्वमा भएको सो कार्यक्रममा विमल ताम्राकार, नरेश ताम्राकार, भगतदास श्रेष्ठ र बालकृष्ण तुलाधरले पनि लेखक र कृतिका बारेमा बोल्नुभएको थियो ।
स्रष्टा राजकर्णिकारको आत्मकथा ‘जीवन खसुई’लाई कुतः पिकाकले प्रकाशन गरेको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।