गएको भदौ २६ मा बजारमा ल्याइएको संयुक्त कविताकृति निषेधाज्ञाका प्रतिविम्बहरूमाथि गएको पुस २ गते परिचर्चा कार्यक्रम सम्पन्न भयो ।

ऋषभदेव घिमिरे, मधु पाठक, रन्जना निरौला, डा. शान्तिमाया गिरी, सुमन वर्षा र सुष्मा आचार्य अंशुको संयुक्त कविता कृति निषेधाज्ञाका प्रतिविम्बहरूमाथि राष्ट्रिका साहित्य प्रतिष्ठानले परिचर्चा आयोजना गरेको थियो ।

प्रतिष्ठानकी उपाध्यक्ष डा. शान्तिमाया गिरीको सभापतित्व तथा प्रा.डा. लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न सो परिचर्चा कार्यक्रममा समालोचक ज्ञानु अधिकारी तथा कवि एवं वरिष्ठ सञ्चारकर्मी डा. नवराज लम्सालले उक्त पुस्तकमाथि मिहीन चिरफार गर्नुभएको थियो ।

यसैगरी प्रमुख अतिथि प्रा. डा. लक्ष्मण प्रसाद गौतमले उक्त कविताकृतिमाथि आफ्नो समालोचकीय विचार राख्दै आगामी कृतिका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन मधु पाठकले गर्नुभएको थियो भने सुमन वर्षाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

साहित्यकारहरु श्रीओम श्रेष्ठ, बिधान आचार्य, शंकर भारती, राधेश्याम लेकाली,राजेश खनाल,तुलसीहरि कोइराला,मणि लोहनी, छविरमण सिलवाल, ज्योति जङ्गल, अश्विनी कोइराला, सुमन सौरभ, प्रद्युम्न जोशी, सुशीला खड्का हसीना, पवित्रा अधिकारी, समिना खनाल लगायत राष्ट्रिका साहित्य प्रतिष्ठानका पदाधिकारीहरू हरिबोल ढकाल, रन्जना निरौला, सुष्मा आचार्य अंसु, कल्पना कल्पपुन्ज समेत करिब ४० जनाको उपस्थिति रहेको थियो ।

यो कविता कृति २०७८ साल भाद्र २७ गते राष्ट्रिका साहित्य प्रतिष्ठानले बजारमा ल्याएको थियो ।