अखिल नेपाल लेखक सङ्घको अध्यक्षमा डा. धनप्रसाद सुवेदी निर्वाचित भएका छन् । बुधबार पेरिसडाँडामा सम्पन्न सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनबाट सुवेदीको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो ।

सङ्घको उपाध्यक्षमा स्वप्नील स्मृति, केशवलोचन शर्मा, सुमित्रा वाङ्देल ‘चेली’ र रामहरि श्रेष्ठ चयन भएका छन्  । यस्तै महासचिवमा नारायण मरासिनी, सचिवहरूमा कौशिला रिसाल, जीत अधिकारी, लोक लामा, पञ्चकुमारी परियार तथा कोषाध्यक्षमा प्रकाश तिवारी निर्वाचित भएका छन् ।

अखिल नेपाल लेखक सङ्घ नेकपा माओवादी केन्द्र निकट साहित्यकारहरूको सङ्गठन हो ।