आफ्नो कार्यसमिति विस्तारलाई प्राथमिकता दिँदै आएको “अन्तर्राष्ट्रिय नेपाली समाज” (इन्स) ले ओसेनिया क्षेत्रमा आफ्नो राष्ट्रिय कार्यसमिति विस्तारका लागि संयोजन समिति गठन गरेको छ । ओसेनीया क्षेत्रकामध्ये हाललाई पपुवा न्युगिनी, अस्ट्रेलिया, तान्जानिया र न्युजिल्यान्डमा समाजरको राष्ट्रिय कार्यसमिति गठन गर्ने उदेश्यकासाथ युवराज भण्डारीको संयोजकत्व र वियन पल राईको सह-संयोजकत्वमा संयोजन समिति निर्माण गरिएको हो ।
जूममार्फत् सम्पन्न एक भर्चुअल भेलाले दुर्गा भवानी भट्टलाई पपुवा न्युगिनी, खड्ग थापालाई तान्जानिया, युवराज भण्डारी र अस्मिता घिमिरेलाई न्युजिल्याण्डको संयोजक तोकेको छ । त्यसैगरी अस्ट्रेलियाको नर्दन टेरिटोरीका लागि भाष्कर गुरागाईँ, वेष्टर्न अष्ट्रेलियाका लागि इन्द्र बराइली, क्विन्स्ल्याण्डका लागि सपना थापा, भिक्टोरियाका लागि नवीन गजुरेल, सदर्न अष्ट्रेलियाका लागि वसन्त खड्का, न्युसाउथ वेल्सका लागि वियन पल राईलाई संयोजक तोकिएको छ ।
सदर्न अष्ट्रेलियाको सल्लाहकारमा डा. राजेश थापा, न्यु साउथ वेल्सको सल्लाहकारमा डा. रामकृष्ण निरौला र सदस्यहरुमा सम्राट बिष्ट, प्रवेश पौडेल, उत्सव अर्याल, र विकास तिमिल्सिनालाई चयन गरिएको समाजका युएई राष्ट्रिय कार्यसमितिका महासचिव श्री भवानी नेपालले जानकारी गराउनु भयो ।
नवगठित संयोजक समितिलाई नामाकरण गर्ने, संयोजक छनौट गर्ने तथा ओसेनियाभित्र समाजलाई विस्तार गर्ने गरी विधानको अधीनमा रहेर सम्पूर्ण निर्णय लिने अधिकारी प्रत्यायोजन गरिएको समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले जानकारी गराउनु भयो ।
समाजका केन्द्रीय अध्यक्ष घिमिरेको अध्यक्षता तथा सल्लाहकार संयोजक प्राध्यापक डा. टंकनाथ शर्माको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । “जहिल्यै पनि नेपालका लागि, जहाँ पनि नेपालीका लागि” भन्ने मूल नाराका साथ सन् २०२० अक्टोबर ०४ तारिखका दिन स्थापना भएको समाजले तीव्र रुपमा आफ्नो समिति विस्तार गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।