युवा समाजसेवी सौरभ रिमाल डा. भीमराव ‘अम्बेडकर सेवाश्री अवार्ड २०२१’ बाट सम्मानित भएका छन् । भारतका संविधान निर्माता डा. अम्बेडकरको नामबाट स्थापित सेवाश्री अवार्डबाट रिमाल सम्मानित भएका हुन् ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रमबीच रिमाललाई गिरिब तथा विपन्न समुदायलाई सहयोग गर्दै आएकोले ३७ औँ सेवाश्री अवार्डबाट सम्मानित गरिएको हो । कोरोना कहरमा उनले सडकका पशुपंशीलाई खाना खुवाउको काम गरेका थिए । रिमालले सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितका लागि खाद्य सामग्री उपलब्ध गराउनु साथै स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका थिए।

‘के पाउण्डेशन’ नामक संस्थाका अध्यक्षसमेत रहेका रिमालले दुर्गम क्षेत्रका विपन्न तथा दलित समुदायका विद्यार्थीलाई पाठ्यसामग्री उपलब्ध गथराउँदै आएका छन् । साथै विद्यालयमा पुस्ताकलय समेत स्थापना पनि गरिसकेका छन् ।

पछिल्लो समय रिमालले दुर्गम क्षेत्रका बालबालिक अध्ययन गर्ने विद्यालयमा पाठ्य सामग्री उपलब्ध गराउने रिमालले अभियानसमेत चलाइहेका छन् ।