साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कवितासम्बन्धी नवीन अनुसन्धानमा आधारित दुई ग्रन्थहरू प्रकाशित

Chovar Blues Mobile Size

नेपाल प्रज्ञा-प्रतिष्ठानबाट हालै कविताका सम्बन्धमा अहिलेसम्म अनुसन्धान नभएका विषयक्षेत्रका दुई महत्त्वपूर्ण ग्रन्थहरू प्रकाशित भएका छन् । यी ग्रन्थहरूमा प्रसिद्ध समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गाैतमकाे “आधुनिक नेपाली छन्दकवितामा युगबाेध” र चर्चित समालोचक ज्ञानु अधिकारीकाे “समकालीन नेपाली कवितामा पहिचानको स्वर” रहेका छन् ।

प्रा.डा.गाैतमकाे ग्रन्थका आठवटा परिच्छेदहरूमा आधुनिक नेपाली कवितामा युगीन यथार्थकाे अभिव्यक्ति केकसरी भएको छ भन्ने कुरा पचासभन्दा बढी शीर्षक-उपशीर्कहरूमा विश्लेषण गरिएको छ भने, आधुनिकता, युगीन यथार्थ र छन्दकाे सैद्धान्तिक निरूपणका साथ नेपाली कविताका छन्दअभियानबारे पनि चर्चा गरिएको छ ।

त्यस्तै समालोचक अधिकारीकाे पाँचवटा परिच्छेदहरूमा विभाजित “समकालीन नेपाली कवितामा पहिचानको स्वर” समकालीन नेपाली कविताको पछिल्लो मूलप्रवृत्ति पहिचानका बारेमा अनुसन्धान गरिएको विशिष्ट ग्रन्थ हाे र यसमा पहिचानका सैद्धान्तिक अवधारणाकाे निरूपणका साथै जातीय, क्षेत्रीय र लैङ्गिक पहिचान भएका कविताहरूकाे विश्लेषण गरिएको छ ।

प्रा.डा. गाैतमकाे “आधुनिक नेपाली छन्दकवितामा युगीन यथार्थ” ग्रन्थमा दुई सयभन्दा बढी कविहरूका पाँच सयभन्दा बढी छन्दकविताकाे विश्लेषण गरिएको छ भने अधिकारीकाे “समकालीन नेपाली कवितामा पहिचानको स्वर” मा पनि करिब दुई सय कविहरूका चारसय पहिचानवादी कविताहरूकाे विश्लेषण गरिएको छ ।

यी दुवै कृति नवीनतम विषयमा अनुसन्धान गरिएका विशिष्ट समालोचनाग्रन्थ भएकाले यिनको महत्त्व रहेको कुरा प्रज्ञा-प्रतिष्ठानले जनाएको छ । नेपाली साहित्यका पाठकका लागि यी ग्रन्थ अत्यन्तै उपयोगी रहेको कुरा पनि प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया
Loading...