साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अन्नपूर्णमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका कार्यक्रम

Chovar Blues Mobile Size

रेडियो अन्नपूर्ण नेपाल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बिच सहकार्य हुने भएको छ । यससम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।

विश्वभरि छरिएर रहेका नेपाली साहित्यकारहरूलाई जोड्दै भाषा साहित्यको प्रवर्द्धनमा कृयाशील रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्ना गतिविधिलाई अझ व्यापक बनाउन रेडियो अन्नपूर्णसँग सहकार्य सुरु गरेको हो । अब रेडियो अन्नपूर्ण नेपालमार्फत् अनेसासका गतिविधि र साहित्यकारहरूको प्रतिभालाई रेडियोमार्फत् पनि प्रवर्द्धन गरिने भएको छ ।

हिजो भएको सम्झौता पत्रमा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’को हस्ताक्षर छ भने अन्नपूर्ण मिडिया नेपालका चिफ मार्केटिङ अफिसर प्रनिल अर्यालले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पत्र हस्तान्तरणपछि बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय सदस्य साहित्यकार डा. रेणुका सोलुले सञ्चार क्षेत्रको अग्रणी अन्नपूर्ण मिडिया नेटवर्कसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै साहित्य र सञ्चार एकअर्काका परिपूरक भएको बताउनुभयो । ५२ देशमा अनेसासले आफ्ना शाखा विस्तार गरिसकेको जानकारी गराउँदै सोलुले भन्नुभयो, ‘यति ठूलो सञ्जालसँग सहकार्य गर्न पाउनु रेडियो अन्नपूर्णको पनि सफलता हो ।’

समारोहमा नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडी, केन्द्र उपाध्यक्ष बाबा बस्नेतले नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रियकरण गरिनु अबको आवश्यकता रहेकोे कुरामा जोड दिनुभयो । रेडियो अन्नपूर्ण नेपालका स्टेसन म्यानेजर शिरोमणि दवाडीले भाषा,साहित्य र संस्कृति प्रति नयाँ पुस्तामा पनि रुचि बढाउन सकिएमा बिश्व साहित्य जगतमा पनि यसले पहिचान बनाउन सक्ने बताउनुभयो।

प्रतिक्रिया
Loading...