तामाङ राष्ट्रिय पुस्तकालयको उद्घाटन गरिएको छ । काठमाडौं महानगरपालिका ६ बौद्ध अंगदधारामा रहेको तामाङ भवनमा आयोजित कार्यक्रममा जापानका लागि नेपाली पूर्वराजदूत डा. गणेश योञ्जनले बत्ती बाल्दै, रिवन काटेर पुस्तकालयको औपचारिक उद्घाटन गर्नुभएको हो ।
तामाङ राष्ट्रिय पुस्तकालय सञ्चालक समितिका अध्यक्ष एवं भाषाविद् अमृत योञ्जन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं तामाङ समाजका अगुवा डा. योञ्जनले पुस्तकालय सञ्चालनार्थ ५ लाख रुपैयाँ सहयोगको घोषणासमेत गर्नुभयो ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा भाषाविद् योञ्जनद्वारा लिखित तामाङ भाषा सिक्ने हाते पुस्तक ‘तामाङ ताम’ पनि विमोचन गरिएको छ ।
कार्यक्रममा मानवशास्त्री डा. मुक्तसिंह तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष, पदाधिकारी, विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाको उपस्थिति रहेकाे थियो थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।