आँबुखैरेनी स्रष्टा समाजद्वारा आयोजित एक समारोहका बिच विजयराज आचार्यका अङ्ग्रेजी भाषामा अनूदित चार कृति विमोचन गरिएको छ । आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, साहित्यकार प्रमोद प्रधान र साहित्यकार सिर्जना शर्माले कृतिहरूको संयुक्त विमोचन गर्नुभएको हो ।

विमोचित कृतिहरूमा चिल्ड्रेन्स स्टोरिज अफ विजयराज आचार्य भाग २, द हर्मिटेज, द नेकेड स्काई र गुडनाइट तथा सानुकाजी थापाको निबन्धसङ्ग्रह तथ्यको गुञ्ज रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि ऋषि केसीले बालसाहित्यका कृतिहरूले बालबालिकाको सर्वाङ्गिण विकासमा महत्त्वपूर्ण योगदान दिने बताउनु भयो भने बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधानले लेखकहरू स्रष्टा बन्नेतिर अग्रसर हुर्ने मत राख्नुभयो ।

आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कृतिहरूबारे अनुवादक स्वर्णिम लम्साल र आँबुखैरेनी स्रष्टा समाजका उपाध्यक्ष अर्जुनकुमार ढकालले समीक्षा गर्नुभएको थियो ।