नरहरि आचार्यद्वारा लिखित पुस्तक ‘जीवनको पाठशाला : सम्झना र सम्बन्ध’ विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा अयोजित कार्यक्रममा लेखक आचार्य, शोभा शर्मा, प्राध्यापक डाक्टर सावित्री कक्षपति र लेखक तथा पत्रकार सीके लालद्वारा संयुक्त रुपमा कृतिकाे विमोचन गरिएको हो ।
कार्यक्रमा प्राध्यापक कक्षपति र लेखक सीके लालले पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए भने शोभा शर्मा र नरहरि आचार्यले पुस्तक प्रकाशनको पृष्ठभूमिबारे जानकारी दिएका थिए ।
कार्यक्रमा बोल्दै प्राध्यापक डाक्टर कक्षपतिले आफू संस्कृति अध्ययनमा रुचि राख्ने भएकाले यो आत्मकथाभित्र पनि सांस्कृतिक पक्ष जोडिएर आएको बताइन । साथै, स्रष्टाले सहभागी भएका पात्रहरू दुर्घटना भएपछि आयुर्वेदको सहारा लिएको कुरा व्यक्त गरिन् ।
यस्तैगरी सीकेलालले नरहरि आचार्यको योगदान र सङ्घर्षका कथाहरुको पृष्ठभूमि बुझ्नलाई यो पुस्तक पढ्न उपयुक्त भएकाे बताए । उनले भने, “यो आत्मवृत्तान्तले इतिहासको कच्चा पदार्थ उपलब्ध गराएको छ । आत्मवृत्तान्त केही पूर्वाग्रही हुन्छ । आग्रहमुक्त भनेको शव मात्र हुन्छ ।”
लेखक आचार्यले आफूले महत्वपूर्ण ठानेका र सम्झनामा आएका सम्बन्धहरुलाई यस पुस्तकमा प्रस्तुत गरिएको बताए । उनले भने, “पुस्तक अध्ययन गर्ने पाठकले मलाई थाहा नभएको कुरा पत्ता लगाउनु हुनेछ ।”
जीवनको पाठशाला : सम्झना र सम्बन्ध आचार्यले आफूलाई हृदयघात भई ओछ्यान परेपछि लेखेकाे पुस्तक हाे । आचार्यको शरीरको दायाँ भाग चल्दैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।