जायल्स आन्ड्रियाको लेखन र गाइ पार्कर-रिसको चित्राङ्कनमा रहेको चित्रकपुस्तक“साहसी पेङ्गुइनप्रकाशित भएको छ ।जायल्स आन्ड्रिया बेलायती लेखक हुन् । नेपालमा बालपुस्तक प्रकाशन गर्ने कथालय इन्कले यस चित्रकथालाई नेपालीमा भाषामा प्रकाशित गरेको हो । यस चित्रकथाको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका हुन् ।

यस चित्रकपुस्तक द वाट्स प्रकाशन समूह ( ह्याचेट चिल्ड्रेन ग्रुप) प्रकाशन गृहले २०१७ मा प्रकाशन गरिसकेको छ । पर्पल रोनी एडवर्डका विजेता र जिराफ क्यान्ट डान्स जस्ता चर्चित कृतिका लेखेक जायल्स आन्ड्रियाले धेरै बाल पुस्तकहरु लेखेका छन् ।

यस चित्रकथामा दक्षिणी ध्रुवको बरफ जमेको समुद्री किनारमा रहेको पेङ्गुइन परिवारमा एउटा फुच्चे पेङ्गुइन हुन्छ जो पानी देखेर डराउँछ । त्यसैले उसका साथीहरु रमाएर पानीमा खेलिरहँदा ऊ एक्लै खेल्न बाध्य हुन्छ । आखिर उसले कसरी आफूभित्रको डरलाई काबुमा राख्यो होला ?

यस चित्रकथामा आमाले आफ्नो सन्तानलाई दिएको हौसला र साहसलाई बेजोड रुपले प्रस्तुत गरिएको छ। आफ्नो सन्तानको डर र निराशालाई आत्मशक्तिमा परिवर्तन गर्नु हरेक अभिभावकको कर्तव्य भएकाे कुरालाई पनि यस चित्रकथामा चित्रण गरिएको छ ।

यो कथाबाट याे थाहा हुन्छ कि जुनसुकै बाटोमा पनि पहिलोपल्ट जानका लागि माया र प्रोत्साहन चाहिन्छ । बालबालिकामा केही गर्ने साहास र मनोबल थप्न यस पुस्तकले अहम भुमिका खेल्नेछ ।