साहित्यकार रीतादेवी प्रधान जोशी रुमाठका दुई कृति फय् वःगु लँय्तापालय् थ्वःगु सःको एक समारोहका बीच सार्वजनिक गरिएका छन् । सिर्जना अभियान समाजनेवाः हाइकु ख्यःको आयोजनामा भएको सो समारोहमा शताब्दी पुरुष सत्यमोहन जोशी, अनेसासका पूर्व अध्यक्ष तथा नियात्राकार गीता खत्री र साहित्यकार धु्व मधिकर्मीले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभयो ।

कार्यक्रममा शताब्दी पुरुष जोशीले नेपाली साहित्यको विकासको लागि विदेशमा बसेका स्रष्टाहरुको योगदान पनि स्मरणीय रहेको छ भन्दै विदेश बसिरहेकी साहित्यकार रीतादेवीका कृतिको प्रकाशन हुनु सुखद अवसर भएको बताउनुभयो ।

अनेसासका पूर्व अध्यक्ष तथा नियात्राकार खत्रीले विविध भाषाका स्रष्टाहरुसित भेटघाट तथा सम्पर्कले आफूलाई खुशी तुल्याएको बताउँदै नयाँ पुस्तालाई आफ्नो भाषा सिकाउन र साहित्यको जानकारी गराउन सबैले ध्यान दिनुपर्छ भन्नुभयो ।

प्रज्ञासभा सदस्य साहित्यकार मधिकर्मीले स्रष्टा रीतादेवीका रचनाहरुमा देशभित्र र बाहिर रहेका नेपालीहरुको अवस्थालाई हार्दिक रुपमा चित्रण गरिएको छ भन्दै स्रष्टाले सिर्जनामा नयाँपनलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

विदेशमा रहेका कारण कृतिका स्रष्टा प्रधानले जूम प्रविधिमार्फत उपस्थित भएर आफ्ना विचारहरु राख्ने क्रममा शताब्दी पुरुषको हातबाट कृतिको विमोचन भएकोमा खुसी व्यक्त गर्दै सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

हाइकु ख्यःका अध्यक्ष सुरेश प्रधानको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकारहरु पुर्ण ताम्राकार, पुष्पराज राजकर्णिका।, शाक्य सुरेन, तुयु पुं र पूर्णिमा शाक्यले पनि मन्तव्य व्यक्ति गर्नुभएको थियो ।