वाम्बुले राई समाज, नेपाल (वाम्रास) ले २४ औँ स्थापना दिवसको अवसरमा कविता प्रतियोगिता गर्ने भएको छ । मङ्सिर २०, २०७८ (सोमबार) ‘वाम्बुले राई भाषाको २३ औँ कविता प्रतियोगिता’ भर्चुअल माध्यमबाट आयोजना गर्न लागिएको हो ।
समाजले देश तथा विदेशमा रहनुभएका वाम्बुले भाषी कविहरूलाई नियमभित्र रहेर आफ्नो रचना पठाउन अनुरोध गरेको छ । त्यस्तै, यसअघि नै प्रथम पुरस्कार प्राप्त गरिसक्नुभएका र लिब्जु-भुम्जु पुरस्कार प्राप्त गरिसक्नुभएका कविहरू अप्रतियोगी रहने जानकारी कविता प्रतियोगिताका संयोजक गणेश वाम्बुले राईले दिनुभएको छ ।
ओखलढुङ्गा जिल्लाको हिलेपानी गाउँमा वाम्बुले राई भाषामा २०५५ सालमा पहिलो कविता प्रतियोगिता भएको थियो । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको आयोजनामा २०६० सालबाहेक हरेक वर्ष ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लाको वाम्बुले राई रस्तीवस्तीमा हुने गरेको थियो । कोरोना भाइरस (कोभिड-१९) फैलिएपछि २०७७ सालमा भर्चुअल माध्यममा सम्पन्न भएको थियो भने २०७८ सालमा समेत भर्चुअल माध्यमबाटै आयोजना गर्न लागिएको हो ।
वाम्बुले राई भाषाबाट ‘वाम्बुले राई शब्दकोश’ (२०५७) लगायत हालसम्म करिब तीन दर्जन कृति प्रकाशित छन् । त्यसमध्ये सबैभन्दा बढी कविता कृति प्रकाशित छन् ।
वाम्बुले राई भाषाको श्रीवृद्धि कविता विधाबाट भएको हो । राष्ट्रगानका रचयीता व्याकुल माइला (प्रदीपकुमार राई) स्वयं वाम्बुले भाषाका कविसमेत हुन् । माइलाको वाम्बुले भाषामा ‘बिउ अक्षर’ नामक कवितासङ्ग्रह प्रकाशित छ ।
कविता प्रतियोगितामा वाचन गरिएका सबै कविताहरू सङ्ग्रहअन्तर्गत प्रकाशन गरिँदैआएको छ ।
प्रतियोगितामा सहभागी कविहरूले पालना गर्नुपर्नेहरू
१) कविको नाम, थर स्पष्ट खुलेको हुनुपर्ने छ । प्रतियोगितामा वाम्बुले भाषा बोल्न, लेख्न, पढ्न जान्ने जोसुकैले सहभागी हुन पाउने छ ।
२) कविता वाम्बुले भाषा देवनागरी लिपिमा बढीमा १५० शब्दको र वाचन गर्दा ३ मिनेटको हुनुपर्नेछ । सहभागी कविताहरू सङ्ग्रहका रूपमा प्रकाशन गरिने छ ।
३) कविता किराँती (वाम्बुले) भाषा, संस्कार, संस्कृति, परम्परा, पर्यावरण, विश्व परिवेश आदि बारे हुनुपर्ने छ । कुनै जात, जाति, धर्म, सम्प्रदायप्रति आँच नपुग्ने रचना हुनुपर्नेछ ।
४) २०७८ मङ्सिर १५ गतेभित्र इमेल, वाट्सएप वा भाइबरमार्फत् पठाउन सकिने छ ।
५) कविता वाचन गर्दा मौलिक भेषभूषा लगाउनु पर्नेछ । भिडियो उज्यालो र हल्ला नहुने ठाउँमा क्यामरा नहल्लिने गरी, कविको कम्मरभन्दा माथिमात्र देखिने गरी खिचेर पठाउनु पर्ने छ । प्रतियोगिता सम्पन्न हुनुअघि सो भिडियो सार्वजनिक गर्न पाइने छैन ।
६) प्राप्त कवितालाई भर्चुअल जुममार्फत् प्रसारण गरिने छ । कविता छनोट प्रक्रियामा निणर्ायक मण्डलको निणर्य अन्तिम हुनेछ ।
७) प्रतियोगितामा सहभागी कविहरू सबैलाई प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगितामा विजयी पाँच जना कविलाई क्रमशः प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार तथा सान्त्वना दुई जनालाई २-२ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।
९) आफ्नो कविता मेल (raiganesh@gmail.com वा raibsaugat@gmail=com) र वाट्सएप र भाइबर (९८४१२५६४८८ र ९८५१०२२५८४) मार्फत् पठाउनु पर्ने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।