बेलायतस्थित सोआस् विश्वविद्यालयमा एकसय वर्षदेखि हुँदै आएको नेपाली भाषाको पढाइ स्थगित भएको छ । स्कुल अफ ओरिएन्टल स्टडिज (सोआस्)मा नेपाली भाषा पढाउँदै आएका प्राध्यापक माइकल हटले अवकास लिएपछि पढाइ रोकिएको नेपालप्रेसले जनाएको छ ।
सो वेबसाइटका अनुसार विश्वविद्यालयमा लामो समयदेखि नेपाली भाषाको प्रवर्द्धनमा प्राध्यापक हट सक्रिय थिए । दुई महिनाअघि उनले अवकास लिएका हुन् । सोही युनिभर्सिटीमा नेपाली भाषाको विद्यार्थी र प्राध्यापकको रुपमा उनले चार दशक बिताएका थिए । माइकल हटले नेपाली भाषाका केही महत्त्वपूर्ण साहित्यहरूसमेत अनुवाद गरेका छन् ।
जनशक्तिको अभावमा नेपाली भाषाको पढाइ रोक्नुपरेको युनिभर्सिटीको वेबसाइटमा उल्लेख छ । जनशक्ति नहुँदा पढाइ रोक्नुपरेको बताइएको छ । स्रोतका अनुसार झन्डै सय वर्षदेखि उक्त विश्वविद्यालयमा नेपाली भाषाको पढाइ हुँदै आएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला