साहित्यकार अदीप्त प्रकाशको कविता सङ्ग्रह ‘संवेदनाको विज्ञप्ति ‘ विमोचित भएको छ ।

कवि ,लेखक ,समालोचक प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्य तथा विभिन्न साहित्यिक ,शैक्षिक र सामाजिक व्यक्तित्वहरुको आतिथ्यमा यही कार्तिक २४ गते बुधबार कागेश्वरी मनोहरा ५,थलीमा एक भव्य समारोहबीच विमोचन सम्पन्न भएको थियो।

कवि प्रकाश रम्घालीले सटिक पुस्तक समीक्षा गर्नुभएको थियो भने रविकुमार सिलवालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको सो कार्यक्रमको सभापतित्व लेखकका वृद्ध पिता शिवबहादुर थापाले गर्नुभएको थियो ।

कविहरु मुरारी सिग्देल, सञ्जीव राई र रमी प्रियाले विमोचित सङ्ग्रहका कविताहरू वाचन गर्नुभएको थियो ।

सभामा अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे, कागेश्वरी मनोहरा वडा नं १ का वडाध्यक्ष मकुन्दप्रसाद गजुरेल, एभरग्रीन सक्व क्याम्पसका प्रमुख लकश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

पुस्तकको समीक्षात्मक टिप्पणीसहित आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि ज्ञवालीले कविता सङ्ग्रह संग्रहणीय बनेको कुरा व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो। कार्यक्रमका वक्ताहरूले कवि काठमाडौ पूर्वी क्षेत्रकै एक सशक्त प्रतिभा भएको र कविता शक्तिशाली रहेको विचार राख्नुभएको थियो ।

कविता,गजल,मुक्तक,गीत, लघुकथा आदि विधामा विगत दुई दशकदेखि सक्रिय अदीप्त प्रकाशको यो दोस्रो कृति हो । यसअघि उहाँको ‘अन्तर्मनका प्रतिध्वनिहरु ‘ (गजल सङ्ग्रह ) प्रकाशित छ ।