बसाइँ, ब्रह्मपुत्रको छेउछाउ, अतृप्त, दोबाटो जस्ता महत्त्वपूर्ण कृतिहरूका सर्जक लीलबहादुर क्षेत्री भारतको राष्ट्रिय सम्मान ‘पद्मश्री’बाट सम्मानित हुनु भएको छ ।
नेपाली भाषा र साहित्यका क्षेत्रमा लामो समयदेखि साधनारत क्षेत्रीलाई उहाँको योगदानको कदर गर्दै भारत सरकारले भारतको प्रतिष्ठित सम्मान ‘पद्मश्री’बाट सम्मानित गरेको हो ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा गत साता आयोजित एक कार्यक्रमका बीच भारतीय राष्ट्रपति रामनाथले क्षेत्रीलाई पद्मश्री सम्मान प्रदान गर्नु भएको हो ।
नेपाली साहित्यका उपन्यास, निबन्ध, कथा विधामा कलम चलाउने क्षेत्री भारतीय साहित्य एकेडेमी, नेपालको प्रख्यात जगदम्बा पुरस्कार जस्ता पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला