लघुकथाकार हरिगोविन्द भोमीको ईया किचलय् (समयको छायामा) नामक लघुकथासंग्रह सार्वजनिक गरिएको छ ।

कुतः पिकाकको अयोजनामा भएको एक समारोहमा वरिष्ठ आख्यानकार मथुरा साय्मीले सो कृतिको विमोचन गर्नुहुँदै साहित्य र स्रष्टाको लेखन फष्टाउन व्यावसायिकताको विकासतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै कथाकार धु्रव मधिकर्मीले स्रष्टा भोमीका लघुकथाहरु समय र समाजका विभिन्न प्रवृत्तिमाथि केन्द्रित भएर लेखिएको बताउनुभयो ।

अर्का समीक्षक पूर्णकाजी ताम्राकारले लेखक भोमीले लघुकथाको संरचनामा सचेत भएर लघुकथाहरु लेखिएका छन् भन्नुभयो ।

लेखक भोमीले कथा र लघुकथा आफ्नो रुचिको लेखन भएको बताउनुभयो ।

पिकाकका अध्यक्ष विमल ताम्राकारको सभापतित्वमा भएको सो कार्यक्रममा श्याम आशा, विष्णुकेशरी ताम्राकार र हसिना लवजुले पनि बोल्नुभएको थियो ।

कुतः पिकाकबाट प्रकाशित ईया किचलय्मा समसामयिक जीवनका विविध विषयमाथि लेखिएका एकचालिस वटा लघुकथाहरु संग्रहित छन् ।