तिला, प्रमोद, मीना

विराट साहित्य संगमले तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

संगमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा बसेको बैठकले साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकारहरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।

यमुनादेवी–वैजनाथ भट्टराई स्मृति विसास पुरस्कारबाट झापाकी साहित्यकार मीना अधिकारी, राधादेवी स्मृति विसास पुरस्कारबाट बेलबारीकी साहित्यकार तीला लेकाली र विराट साहित्य संगम प्रतिभा पुरस्कारबाट कवि प्रिन्स प्रमोदकुमार ढकाल सम्मानित हुने भएका छन् ।

घोषित पुरस्कार तथा सम्मान यही कात्तिक २७ गते विशेष समारोहका बीच समर्पण गरिने विराट साहित्य संगमका सचिव गोपाल निर्भीकले जानकारी दिए । संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्य शृंखलासमेत सञ्चालन गर्दै आएको छ ।