चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७४ औँ काव्य श्रृङ्खला स्वतन्त्र काव्य विधामा भव्य रुपमा सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा, वरिष्ठ साहित्यकार ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको प्रमुख अतिथ्यता, गंगा लिगल, ललिता दोषी, भावना खनाल, निर्मल पराजुली, खगेन्द्र बस्याल, लक्ष्मीप्रसाद मिश्रको विशिष्ठ आतिथ्यतामा अनि सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा भएको श्रृङ्खामा कार्यक्रम सम्पन्न भएको थियो ।

उर्मिला पन्त, आर्त अकुलीन, चुडा निर्भिक, शारदा आचार्य, दीर्घबहादुर चन्द, चन्द्रावती अधिकारी, दुर्गा अधिकारी रिमाल, रिता खतिवडा, संगीता ठाकुर, सोम लुइटेल, विमला ढकाल, इन्दिरा ज्ञवाली, उत्तम भेटवाल लगायत साहित्यकारहरूले आआफ्ना विशेष रचना वाचन गएको थियो ।

प्रमुख अतिथि मणिराज सिंहले चन्द्रागिरि साहित्य प्रतिष्ठानको नियमित श्रृङ्खलामा ‘मुटुभित्र देश’ शीर्षकको कविता वाचन गर्नुभयो ।

नयाँ कविता उपविधा आगोका बारेमा दीर्घबहादुर चन्दले सैद्धान्तिक अवधारणा प्रस्तुत गर्दै मुक्त आगो, गजआगो वाचन गर्नुभयो ।

अन्त्यमा सभापति जनार्दन धड्कनले खोरिया पर्वतकको रुपमा खोरियाको सैद्धान्तिक पक्ष चार लाइनको संरचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको बारेमा चिनारी दिनुहुँदै चन्द्रगिरिको हरेक श्रृङ्खलामा नयाँ नयाँ साहित्यकारहरू जोडिनुले कार्यक्रम अझ उत्साहका साथ अगाडि बढेको विश्वास व्यक्त गर्नु भएको थियो ।