डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले देशमा रहेर विभिन्न क्षेत्रमा सक्रिय रही देश तथा समाजसेवा गर्नेहरूलाई सम्मान गर्ने गरेको छ । यसै सन्दर्भमा मंगलबार प्रतिष्ठानले २०७६ र २०७७ सालका लागि विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । सो अवसरमा अभिनन्दित तथा विशेष सम्मान तथा सम्मान अर्पण गरिएकाहरूमा शेरबहादुर गुरुङः समाजसेवी, साहित्यकार ( मृत्युपर्यन्त) र बन्दना राणा समाजसेवी, संचारकर्मी हुनुहुन्छ । यस्तै बागलुङबाट डा. हर्षबहादुरपछि विध्यावारिधि गर्ने दोस्रो व्यक्तित्व प्रा.डा.लक्ष्मण गौतम, प्राज्ञ विवश पोखरेल रहनु भएको छ ।
सम्मान प्राप्त गर्ने अन्य व्यक्तित्वहरूमा, जयदेव भट्टराई, डा.पुष्करराज भट्ट, विजय सागर, गीता कार्की, पवित्रा घर्तीमगर (लोक गायिका), मन्जु दाहाल खराल (शिक्षासेवी), विमला तुम्खेवा (कवि), बालिका गिरी (साहित्यिक पत्रकार), उषा लोहनी (संचारकर्मी) रहनु भएको छ ।
यसैगरी २०७७ का लागि प्राज्ञ डा. ज्ञानू पाण्डे, डा.बमबहादुर थापा जिताली (कवि, गीतकार), महेश पौड्याल (समालोचक), शङ्कर भारती (उपन्यासकार), डा.दामोदर पुडासैनी किशोर (नियात्राकार), जलेश्वरी श्रेष्ठ (बालसाहित्यकार), महादेव अधिकारी (महाकाव्यकार), मिलन शेरचन (कलाकार, समfजसेवी), सन्ध्या पहाडी (कवि), अस्मिता भण्डारी (संचारकर्मी), कल्पना अधिकारी, (साधक), प्रकाश समीर (कवि, पत्रकार), मुस्कान खातुन, (समाजसेवी), सपना रोकामगर (समाजसेवी) लाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा डा.हर्षद्वारा रचित जडाउरी कविता सङ्ग्रहबाट श्रीमती लेखा थापाले एउटा कविता वाचन गर्नुभएको थियो ।
सो अवसरमा प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गीतकार तथा साहित्यकार उन्नती बोहरा “शीला”को अङ्ग्रेजी अनुदित कृति लोकार्पण गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।