गायक तथा संगीतकार भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान र लेखक केशव दाहाललाई पद्मश्री पुरस्कारले सम्मानित गरिएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले आचार्य र दाहाललाई सम्मान गरेकाे हाे ।
भक्तराज आचार्य भजन शिरोमणिका नामले परिचित छन् भने केशव दाहाललाई मोक्षभूमि उपन्यासका लागि पुरस्कार प्रदान गरिएकाे हाे ।
खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले यी दुई सम्मान र पुरस्कार प्रदान गरेका हुन् ।
गायक तथा सङ्गीतकार आचार्यले १६ वर्षको छोटो अवधिमा दर्जनौँ कालजयी सिर्जना दिएका छन् । उनका गीतहरू पछिल्लो पुस्ताका माझसमेत उत्तिकै लाेकप्रिय रहेकाे छ ।
मोक्षभूमि उपन्यासमा लेखक दाहालले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरूको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन् ।
प्रतिष्ठानले ‘सेलेक्टेड नेपाली स्टोरिज’ नामक कृति पनि प्रकाशित गरेको छ । सो कृतिको अनुवाद महेश पौडेलले गरेका हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।