साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

नवीन विभास र डिबी टुहुरोलाई पुरस्कार

नवीन विभास र डिबी टुहुरो
ratna book ads

पत्रकार तथा साहित्यकार नवीन विभास तथा डिबी टुहुरो पुरस्कृत हुनुहुने भएको छ । उहाँहरू दुवै बेग्लाबेग्लै पुरस्कारका लागि चयन गरिएको छ ।

टुहुरोलाई योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘योगेश्वर वाङ्मय पुरस्कार—२०७८’ र विभासलाई नेपाली कला संस्कृतिप्रेमी प्रा.डा. ग्रेगरी जी. मस्कारिनेकद्वारा स्थापित ‘ग्रेगरी कलासंस्कृति पुरस्कार—२०७८’प्रदान गरिने भएको हो ।

‘साहित्यलाई विशेष आत्मसात गर्दै शिक्षासेवी एवम् समाजसेवीका रूपमा समेत आफ्नो जीवन उत्सर्ग गरी समग्र वाङ्मयिक योगदान पुर्याउने रोल्पाका स्रष्टा डी.बी.टुहुरोलार्ई रु.२५,००० राशिको योगेश्वर वाङ्मय पुरस्कार—२०७८ र रोल्पाकै कला, साहित्य तथा संस्कृतिका साधक स्रष्टा नवीन विभासलाइ रु.२०,००० राशिको ग्रेगरी कलासंस्कृति पुरस्कार—२०७८ प्रदान गर्ने निर्णय गरिएको।’

कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष एवं वरिष्ठ साहित्यकार मोमिला जोशीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार यी दुवै पुरस्कार नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजना र ललित साहित्य परिषद्, रोल्पाको सह–आयोजनमा कार्तिक १३ गते रोल्पामा सम्पन्न हुन गइरहेको विशेष सिर्जना उत्सव समारोहमा समर्पण गरिने जनाइएको छ ।

यसअघि योगेश्वर वाङ्मय पुरस्कार क्रमशः डा. कृष्णराज डी.सी., अमर गिरी, कृष्ण्भूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा र डा. मधुसूदन गिरीलाई प्रदान गरिसकिएको छ भने ग्रेगरी कलासंस्कृति पुरस्कार क्रमशः शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाई र मनोहर लामिछानेलाई प्रदान गरिसकिएको प्रतिष्ठानकी अध्यक्ष जोशीद्वारा जारी प्रेस विज्ञप्ति जनाइएको छ ।

साहित्यकार एवं कवि राजेश्वर कार्कीले शिक्षा तथा समाजसेवी स्रष्टा आफ्ना पिता योगेश्वर कार्कीको स्मृतिमा ‘योगेश्वर स्मृति प्रतिष्ठान’ स्थापना गर्नुभएको हो । प्रतिष्ठान वाङ्मयको श्रीवृद्धिमा लामो समयदेखि सक्रिय रहेको छ ।

प्रतिक्रिया
Loading...