शिल्पी थिएटरले ठूला माछा साना माछा नाटक मञ्चन गरिरहेको छ । सो नाटक हेरिसकेपछि २०० शब्दमा कविता लेख्न शिल्प थिएटरले आह्वान गरेको छ ।

कविता आफूलाई सहज लाग्ने जुनसुकै भाषामा लेख्न सकिने, कविताको विषयवस्तु नाटक ठूला माछा साना माछाको विषयवस्तुमा आधारित हुनुपर्ने जनाइएको छ ।

नाटकको पहिलो चरण सुनसरी, मोरङ र झापामा नाटक हेरिसकेका सजकहरूले आउँसो मंसिर ३० गतेसम्म कविता लेखी पठाउन आग्रह गरिएको छ ।

कवितालाई शिल्पी थिएटरकै वेबसाइटमा अपलोड गर्न तथा पोस्ट बक्स नम्बर ८२६६ मा पठाउन सकिने बताइएको छ ।

चार वटा उत्कृष्ट कवितालाई जनही २५ हजारका दरले नगद तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

 

कविता प्रतियोगिता
रङ्गकर्मीहरूका लागि कविता सधैं सिर्जनाको ऊर्जा हो । नाटक र कविताको साँच्चै प्रेमिल सम्बन्ध छ । हामीले धेरै पटक कविता माथि नाटक बनायौं । गजब भयो । नाटक र कविताको सम्बन्ध अझै बलियो बनाउन नाटक माथि कविता लेख्ने अभियान हो यो । शिल्पीको नाटक ‘ठूला माछा साना माछा’ हेरेर तलको जानकारीका आधारमा कविता लेख्नुहोस् ।

प्रतियोगितासम्बन्धी जानकारी

१. उत्कृष्ट चार कविताका सर्जकलाई रु. २५–२५ हजारका दरले नगद र प्रमाणपत्र सहित सम्मान गरिने छ ।
२. कविता अधिकतम २०० शब्दमा समेटिएको हुनु पर्ने छ ।
३. कविता टाइप गरेर वा फोटो खिचेर हाम्रो वेभ साइट www.shilpee.org मा अपलोड गर्न सकिने छ वा पो.ब नं. ८२६६ मा पठाउन सकिने छ या निम्न लिंकमा गएर अपलोड गर्न सकिने छ। Upload
४. कविता आफुलाई सहज लाग्ने भाषामा लेखेर पठाउन सकिने छ ।
५. कविता नाटक (ठूला माछा साना माछा) को विषयवस्तुमा आधारित हुनु पर्ने छ ।
६. हाम्रो नाटकको पहिलो चरण अन्तर्गत(सुनसरी, मोरङ र झापा) नाटक हेर्ने अवसर प्राप्त गर्नु भएका सर्जकहरूका लागि २०७८ मंसिर ३० गतेसम्म कविता पठाइ सक्नु पर्ने छ । सर्जकले सम्पर्क नं. अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
७. यस कविता प्रतियोगिताको अन्तिम नतिजा २०७९ वैशाख १५ गते प्रकाशित गरिने छ ।

कविता प्रतियोगितासम्बन्धी थप जानकारी कवि शकुन्तला जोशी (प्रतियोगिता संयोजक) लाई ईमेलः sakun.joshi@gmail.com मा सम्पर्क गरेर वा शिल्पी थिएटरमा बुझ्न सक्नु हुनेछ ।

आयोजक
शिल्पी थिएटर नेपाल
बत्तीसपुतली, काठमाडौं
सम्पर्कः ०१–४५६९६२१
ईमेलः shilpeeetheatre@gmail.com