राष्ट्रपति विद्यादेवी भण्डारीले डा. विप्लव ढकालद्वारा लिखित प्रकाशोन्मुख ग्रन्थप्रति चासो देखाउनु भएको छ ।

हिजो राष्ट्रपति भण्डारीले राष्ट्रपति निवासमै लेखक ढकाललाई निम्त्याई सो ग्रन्थका बारेमा चासो र जिज्ञासा राख्नु भएको थियो ।

डा. ढकालले लामो समय लगाएर ‘भोजपुरको वाङ्मयः विमर्श तथा अभिलेखीकरण’ नामक ग्रन्थ तयार पार्नु भएको छ । यो पुस्तक आउँदो महिना प्रकाशन हुने भएको छ ।

माझ किरातका रूपमा परिचित भोजपुर वरपरको समग्र बौद्धिक सभ्यतामाथि डा. ढकालले ग्रन्थ तयार पार्नुभएको हो । यो पुस्तक उहाँले २०४१ सालदेखि नै लेख्न थाल्नु भएको हो ।

माझ किरातका १५ वटा भाषाहरूको लोक वाङ्मय तथा अभिलेख वाङ्मयका अतिरिक्त सबै विधा र विषयको समावेशी इतिहास बन्न पुगेको छ ।