कौशिक नवराजको कथासङ्ग्रह ‘डियर एक्स’ सार्वजनिक भएकाे छ । लेखन कुञ्जमा आयोजित एक कार्यक्रमका बीच पुस्तककाे लाेकार्पण गरिएकाे हाे ।
कार्यक्रममा वक्ताहरूकाे रूपमा प्रखर समालाेचक, प्राध्यापक राम लाेहनी, वरिष्ठ पत्रकार तथा साहित्यपाेस्टका प्रधानसम्पादक अश्विनी काेइराला, मदन पुरस्कारका लागि छनाेट भएकाे पुस्तक फिलिङ्गाेका स्रष्टा प्रभा बराल, कानुन व्यवसायी तथा लेखक जया ओझा रहनुभएकाे थियाे । त्यस्तै, अन्य अतिथिहरूमा घाेस्ट राइटिङ नेपालका सञ्चालक कमल ढकाल, जनता टेलिभिजनका सम्पादक टङ्क पन्त, सञ्जयकुमार औधरी, भक्तराम आचार्यलगायत रहनुभएकाे थियाे ।
स्वागत मन्तव्य प्रकाशकका तर्फबाट साैरभ सापकाेटाले राख्नुभएकाे कार्यक्रमकाे समापन लेखक काैशिक नवराजले लेखकीय मन्तव्य राख्दै गर्नुभएकाे थियो ।
‘डियर एक्स’ युवापुस्तालाई लक्षित गरी लेखिएकाे कथाहरूकाे सङ्गालाे हाे । कथाहरूमा लेखकले युवापुस्ताकाे, त्यसमा पनि पुरूषहरूकाे समाजिक, याैन, प्रेम र विछाेडकाे मनाेविज्ञानलाई मिहीन रूपमा केलाउने प्रयास गरेका छन् । साथै, नवराजले निजामती क्षेत्रका समस्या, बेथिति तथा कर्मचारीहरूकाे मनाेविज्ञानलाई समेत आफ्नाे कथामा अटाएका छन् ।
सिमल प्रकाशन गृहले बजारमा ल्याएकाे यस कथासङ्ग्रहमा लामा आयतनका दसवटा कथाहरू सङ्ग्रहित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।