अनिल श्रेष्ठ

रण स्मृति पुरस्कार संस्थाले २०७७ सालको ‘शक्ति पुरस्कार’ तनहुँका कवि, निबन्धकार अनिल श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

२०७७/०६/१५ गते संस्थाका अध्यक्ष काजी रोशनको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।

२०५१ सालमा स्थापना भएको यो संस्थाले आफ्नो स्थापनाकालदेखि शैक्षिक क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई शैक्षिक पुरस्कार दिँदै आएको छ ।
साहित्यकार काजी रोशनको विशेष सक्रियतामा संस्थाका संरक्षक एवं बाग्लुङका शिक्षाविद् र समाजसेवी शक्ति बहादुर खड्काको स्मृतिमा यस साहित्यिक पुरस्कारको स्थापना गरी साहित्यका क्षेत्रमा क्रियाशील रही योगदान दिँदै आएका व्यक्तित्वहरुलाई यस संस्थाले २०७३ सालदेखि प्रत्येक वर्ष यो राष्ट्रिय पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

यसअघि सो पुरस्कार २०७३ सालमा स्याङ्जाका साहित्यकार विश्वप्रेम अधिकारी, २०७४ सालमा रुपन्देहीका साहित्यकार बालकृष्ण भट्टराई, २०७५ सालमा पोखराका कवि तीर्थ श्रेष्ठलाई गरिसकेको संस्थाका अध्यक्ष काजी रोशनले बताएका छन् ।

पुरस्कार कार्यक्रम समारोह २०७८ असोज १९ गते बाग्लुङको बालमन्दिर भवनमा हुनेछ ।