गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले २०७७ सालको ‘अरनिको अन्ताराष्ट्रिय पुरस्कार’ वरिष्ठ साहित्यकार हरि अधिकारीलाई दिने भएको छ । पुरस्कारको राशि २ लाख रुपियाँ नगद र सम्मानपत्र रहेको छ ।
नेपाली भाषाका वाङ्मयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशि र सम्मानपत्रसहित विदेशमा बसेर नेपाली भाषा साहित्यमा कलम चलाइराखेका स्रष्टाहरूलाइ प्रत्येक वर्ष यो पुस्कार दिने भएको छ ।
यसैबमोजिम पहिलोपटक २०७७ सालभरिमा गैरआवासीय नेपालीहरूद्वारा प्रकाशित भएका दर्जनौँ कृतिहरूलाई पछि पार्दै कवि तथा समालोचक हरि अधिकारीद्वारा लिखित ‘सङ्कलित गद्य रचना’ नामक कृतिले उपाधि पाएको हो ।
हरि अधिकारी चार दशकदेखि नेपाली भाषा साहित्यमा कलम चलाउँदै आउनुभएको छ । अधिकारी नेपाली साहित्यका प्रखर समालोचक मानिनुहुन्छ उहाँका कवितासङ्ग्रहहरू पनि प्रकाशित छन ।
‘अरनिको अन्ताराष्ट्रिय पुरस्कार’ पुरस्कार चयनका लागि वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमको संयोजकत्वमा डा. हरिराज भट्टराई, डा. ज्ञानु पाण्डे र नयनराज पाण्डे सम्मिलित निर्णायक गठन गरिएको थियो !
पुरस्कार आउँदो अक्टोबरमा काठमाडौँमा सम्पन्न हुने दसौँ महाधिवेशनका अवसरमा हस्तान्तरण गरिने जानकारी प्रेसविज्ञप्तिमार्फत जनाकारी गराइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

