स्वास्थ्य, सचेतना र साहित्यका क्षेत्रमा काम गरिरहेको मैना देवी फाउन्डेसन र युएनडिपी नेपालको संयुक्त तत्वावधानमा ‘सचेतना-हाम्रो स्वास्थ्य, हाम्रो जिम्मेवारी’ नाराका साथ कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको शीर्षक ‘सचेतना कविता प्रतियोगिता’ रहेको छ । प्रतियोगीहरूले ‘ कोभिड-१९ सम्बन्धी सचेतना र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन’ विषयमा रहेर कविता लेख्ने र वाचन गर्नुपर्ने जनाइएको छ।

यसको मुख्य लक्ष्य कविताको माध्यमबाट कोभिड-१९ र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको बारेमा सचेतना फैलाउनु रहेको मैना देवी फाउन्डेसनले जनाएको छ । प्रतिस्पर्धाको फारम सेप्टेम्बर ११ मा नै प्रकाशित भइसकेको छ ।

कविता नेपाली, अंग्रेजी र नेपालमा बोलिने सम्पूर्ण स्थानीयमा भाषामा लेखिएको भए पनि भाग लिन पाइने छ बताइएको छ ।0

फाउन्डेसनका अनुसार कविता लेखन तथा वाचन प्रतियोगिता दुई चरणमा संचालन हुनेछ। प्रारम्भिक चरणपश्चात १५ प्रतिस्पर्धीहरू अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा १५ प्रतिस्पर्धीहरूले प्रत्यक्ष रूपमा आफ्नो कविता भर्चुअल मञ्चमा वाचन गर्नेछन् । यस्तै आन्तिम चरणपछि विजेता, उप-विजेता, तेस्रो स्थान तथा सान्त्वना स्थान हात पार्ने प्रतियोगीले पुरस्कारस्वरुप क्रमश रु. १०,०००, रु. ७,०००, रु. ५,००० र रु. ३,००० बराबरको उपहार प्राप्त गर्नेछन्।

मैना देवी फाउन्डेसन र युएनडिपी नेपालले देशको सबै प्रदेशबाट प्रतियोगीहरुलाई सचेतना कविता प्रतियोगितामा भाग लिन आह्वान गरेका छन्। त्यसैगरी प्रतियोगितामा भाग लिनका लागि कुनै शैक्षिक वा उमेर प्रतिबन्ध नराखिएको जनाइएको छ ।

प्रतिस्पर्धाको फारम भर्ने अन्तिम मिति २६ सेप्टेम्बर, २०२१ तोकिएको छ। भाग लिनका लागि मैना देवी फाउन्डेसनको फेसबुक पेजमा भएको प्रतिस्पर्धाको फारम भरी कविता info@mainadevifoundation.org मा पठाउनु पर्ने बताइएको छ।