विश्वमा देखापरेको आपराधिक गतिविधि दिनानुदिन अतिक्रान्त बन्दै गएको छ । मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका छन् ।

यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन र सुधारका विकल्पहरू पहिल्याउन कवितालाई माध्यम बनाउने उद्देश्यका साथ म्याडिसन कोठे गोष्ठी, अमेरिका र अनेसासको सहकार्यमा अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको छ ।

डा. गोविन्द रावत संयोजक रहेको समितिमा एकबहादुर छेत्री उपसंयोजक र सदस्यहरूमा गोबर्धन पूजा, सर्वज्ञ वाग्ले, दिनार श्रेष्ठ, निरन्जन मल्ल, सन्ध्या पहाड़ी, महेश्वर पन्त र रन्जना निरौला रहनु भएको छ।

उक्त संग्रहका लागि आ-आफ्नो कविता पठाएर सहयोग गर्न ‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशन समिति’ सबै काव्यानुरागी स्रष्टाहरुमा अनुरोध गर्दै २५० शब्दमा कविता २०२१ अक्टुबर २० सम्ममा इमेलमार्फत बुझाउनु पर्नेछ।

aparadhsudharkabita21@gmail.com

प्राप्त कविताहरूबाट उत्कृष्ट कविताको संग्रह लेखनाथ जयन्तीका दिन प्रकाशित गरिनेछ बताइएको छ।