साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

हरि थापालाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार

हरि थापा

यस वर्षको ‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’ कथाकार हरि थापालाई प्रदान गरिने भएको खबर छ ।

पुरस्कार समितिका संयोजक तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले शैवले सो जानकारी दिएका हुन् ।

साहित्यकार सुशील नेपाल तथा सुमन नेपालद्वारा माता-पिताको सम्झनामा स्थापित यस संस्थाले हालसम्म बोष्टनमा रहेर नेपाली साहित्य लेखनमा लागिपर्ने सात जना साहित्यकारलाई सम्मान गरिसकेको छ ।

सम्मानित हुने साहित्यकारहरूमा भारती गौतम, दिनेश राजभण्डारी, गोवर्द्धन पूजा, लालगोपाल सुवेदी, दीपा राई पुन र महेश्वर पन्त रहनु भएको छ ।

सानो विषयवस्तुलाई पनि मीठो कथामा उन्न सिपालु कथाकार हरि थापाका अक्षररेखा (कथा संग्रह २०५६), तिब्बती विम्बहरू (यात्रासङ्ग्रह २०७०), व्यथाहरूको कथा (कथा संग्रह २०७१), परदेशको कथा (कथा संग्रह २०७५), परिमित (लघुकथा संग्रह २०७३), मियो (ग़ज़ल संग्रह २०७४) लगायतका कृति प्रकाशित छन् ।

छालिङ भक्तपुरमा जन्मिनुभएका हरि थापा लामो समयदेखि अमेरिकाको बोष्टनमा बस्दै आउनु भएको छ ।

अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान अनेसास बिओटी उपाध्यक्ष साहित्यकार पुरु सुवेदीको प्रमुख आतिथ्यमा हुने विशेष साहित्यिक समारोहमा उक्त पुरस्कार प्रदान गरिने भएको छ ।

कलाकार रञ्जन बुढाथोकी र लोककवि अलिमियाँ वांगमय प्रतिष्ठानका अध्यक्ष हमिप मियाँलाई पनि सोही दिन विशेष अभिनन्दन गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रम यही सेप्टेम्बर १९ तारिख आइतबारका दिन अमेरिकाको राजमित्र प्राङ्गण माल्डेनमा हुँदैछ ।

प्रतिक्रिया
Loading...