उपन्यासकार रमेश रेग्मीद्वारा लिखित जीवनको सपना उपन्यास हालै एक समारोहका बीच विमोचन गरिएको छ ।
वासु शशी स्मृति परिषदको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ कवित तथा उपन्यासकार कृष्ण जोशीले कृति विमोचन गर्दै मानिसको जीवनमा आइपर्ने समस्याहरुका अनेकन उतारचढावलाई उपन्यासमा मनोयोगपूर्वक चित्रण गरिएको छ भन्नुभयो ।
कृतिको समीक्षा गर्दै कथाकार धु्रव मधिकर्मीले प्रेमिल पात्रहरुको माध्यमबाट उपन्यासकारले सामाजिक जीवनमा प्रेमको महत्व र त्यसका विविध अवस्थाको उल्लेख गरेको बताउनुभयो ।
कार्यक्रममा परिषदका सचिव प्रद्युम्न जोशीले स्वागत गर्दै उपन्यासकार रेग्मी अस्वस्थ्यताका कारण कार्यक्रममा उपस्थित हुननसकेको जानकारी दिनुभयो ।
परिषदका अध्यक्ष गणेश रसिकको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र अनुवादक श्याम प्रधानले पनि आफ्ना विचार राख्नुभएको थियो ।
लोक प्रकाशनबाट प्रकाशित जीवनको सपना लेखक रेग्मीको दोस्रो उपन्यास हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।